काठमाडौं, ४ पुस । प्रदेश–१ को राजधानीका लागि जग्गा व्यवस्थापन गर्न गठिन समितिले प्रतिवेदन बुझाएको छ ।
प्रदेशको राजधानीका लागि प्रशासनिक संरचनाहरु निर्माण गर्न गठित जग्गा व्यवस्थापन समितिले प्रतिवेदन बुझाएको हो ।
समितिका संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन ।
गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद बैठकले कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।