काठमाडौं उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ?

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ। जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेकोे छ।

उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ।

खानेपानीको पाइप मर्मतको कार्य भइरहेका कारण महाराजगञ्ज शीतल निवास नजिकैको बाटो हुँदै सामाखुशीतर्फ जाने सवारी साधन चल्न सकेका छैनन् । आउने सवारी साधन भने सहजै आइरहेका छन् ।

बाटो मर्मतको विषयलाई लिएर स्थानीयले विरोध गरेका कारण उना थसी–चाल्नाखेल सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट चलाइएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);