बैतडीकी माया लुहार हत्याको अनुसन्धानमा कहाँ पुुग्यो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बैतडीकी माया लुहार हत्याको अनुसन्धानमा कहाँ पुुग्यो !

काठमाडौं, ३ पुस । घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटीएको माया लुहारको हत्याको अनुुसन्धान जारी छ । बैतडीकी २१ वर्षीया लुहारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले अनुसन्धान सकाएर जिल्ला अदालतमा बैतडीमा प्रतिवेदन बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

माया लुहारको गत मंसिर १४ गते शिवनाथ गाउँपालिका नजिकै जंगलमा शव फेला परेको थियो । उनीसँगै बजार गएकी नेहा पनि घाँटी रेटेर गम्भिर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । दुई किशोरी कपडा सिलाउन भन्दै बिहान १० बजे घरबाट बजार गएका थिए ।

हत्याको आशंकामा सशस्त्र प्रहरीका भरत कोली पक्राउ परेका छन । माया म्यादी प्रहरीमा एक महिना सेवा गरेर हत्या हुनुुभन्दा केही दिन अघि मात्र घर फर्किएकी थिइन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);