बालुवाटारमा कांग्रेसको चियापान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

बालुवाटारमा कांग्रेसको चियापान जारी

baluwatar

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बालुवाटारमा चियापान कार्यक्रम अयोजना गरेका छन् । ३ बजेका लागि बोलाइएको कार्यक्रम जारी छ ।

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको हुनसक्ने अनुमान गरेका छन् ।

Leave a Reply