प्रचण्डले इच्छा देखाउनु स्वभाविक भएपनि प्रधानमन्त्री कांग्रेसबाटै बन्नु उपयुक्तः प्रकाशशरण महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डले इच्छा देखाउनु स्वभाविक भएपनि प्रधानमन्त्री कांग्रेसबाटै बन्नु उपयुक्तः प्रकाशशरण महत

काठमाडौं । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

उनलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताए । उनले भने, ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

उनले अब केही दिनमा कांग्रेस  संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए । यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको शन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।

कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);