काठमाडौं, २९ असोज । नेपाली कांग्रेसले चाडपर्बका अवसरमा हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आइरहेको चियापान कार्यक्रम यस वर्ष पछाडी सारेको।
कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको हो । गत शनिवार पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको नेपाली काँग्रेसले जनाएको छ ।




