कांग्रेसले कहिले छान्दैछ संसदीय दलको नेता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

कांग्रेसले कहिले छान्दैछ संसदीय दलको नेता !

काठमाडौं, १ पुस । भर्खरै मात्र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । मंसिर ४ गते भएको निर्वाचनको केही दिन अघि मात्रै निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट र समानुपातिकतर्फ ३२ गरी नेपाली कांग्रेसले ८९ सिटमा जित हासिल गरेको छ ।
कांग्रेसले संसदीय दलको नेता कहिले र कसले छान्ला भन्नेमा सबैको चासो छ । संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने भएकोले पनि यसमा धेरैको विशेष चासो रहेको हो । संसदीय दलको नेतामा महामन्त्री गगन थापाले दाबी गरिरहेका छन् भने अर्का नेता डा.शेखर कोइरालाले पनि उम्मेदवारी दिने बताइरहेका छन ।

कांग्रेसले पुस ३ गतेदेखि पछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएपछि मात्रै कांग्रेसले दलको नेत चयनबारे छलफल अगाडी बढाउने भएको हो ।

Leave a Reply

ताजा समाचार