२९ फाल्गुन, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर मृत्यु भएका सहिद गोबिन्दको गौतमको राष्ट्रिय सम्मानका साथ दाहासंस्कार गरिएको छ ।
स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ दाहासंस्कार गर्नुअघि गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको थियो । सव यात्रामा हजारौंको सहभागिता रहेको थियो । गौतमको दाहसंस्कार गर्नुअघि नेपाल प्रहरीको टुकुडीले सलामी अर्पण गरेको थियो । यसअघि प्रशासनले शव यात्राका लागि फोहोर बोक्ने गाडी पठाएको तथा फूलमाला र ब्यानरको व्यवस्था नगरको भन्दै आफन्तले विरोध गरेका थिए ।
दोदा नदी किनारबाट ६÷७ किलोमिटर टाढा गौतमको घर रहेको आनन्द बजारसम्म शव लैजाँदा स्थिति अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले दोदा नदी किनारमै अन्त्येष्टि गर्न परिवारसँग आग्रह गरेको हो ।
शगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ ।