अध्यादेश आउनु लोकतन्त्र माथि प्रहार हो ( भिडियो अन्तवार्ता ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अध्यादेश आउनु लोकतन्त्र माथि प्रहार हो ( भिडियो अन्तवार्ता )

माउन्टेन टेलिभिजन एचडि। नेकपा एमालेका नेता डा.सूर्य पाठकले नियोजि उद्देश्यका लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभएको छ। माउण्टेन टेलिभिजनको माउण्टेन संवादमा नेता पाठकले सरकारको मनसाय राम्रो भए सत्ता गठबन्धनले अध्यादेश ल्याउन किन हतार गरेको भन्दै प्रश्न गर्नुभयो । केही दिनमा नयाँ संसद गठन हुने भएकाले अहिलेको अध्यादेशको कुनै अर्थ नरहेको उहाँको भनाइ थियो ।

गलत मनशाय र निश्चित अभिष्ट पुरा गर्नको लागि सरकारले चोर बाटो प्रयोग गरेको नेता पाठकले जिकिर गर्नुभयो । उहाँले नयाँ सरकार गर्नका लागि लोकतन्त्र र संविधानलाई लत्याएर सत्ता गठबन्धले अध्यादेश ल्याएको बताउनुभयो । सरकार र न्यायालयप्रति गलत नजिर बस्ने भएकाले सरकारको कदमलाई निस्तेज पार्नको लागि सबैले अवाज उठाउनु पर्ने नेता पाठकको तर्क छ।

सत्ता गठबन्धका केही नेताहरुले अध्यादेशको विरोध गरेको देखिए पनि यो सत्य नभई आमजनतामा आफ्नो लोकप्रियता स्थापति गर्नको लागि मात्र भएको उहाँको दाबी छ । यो विषयमा एमाले सजक र सचेत भएकाले अध्यादेश फिर्ता गराउनका लागि सडकमा उभिने नेता पाठकको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);