टाकुराबाट झरेको एमाले (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टाकुराबाट झरेको एमाले (भिडियोरिपोर्ट)

काठमाडौं, २६ मंसिर । निर्वाचनको परिणामले प्रतिनिधि र प्रदेश सभामा दलहरुको हैसियत निर्धारण गरिदिएको छ । २०७४ को चुनावमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले यसपटक दोस्रो स्थानमा झरेको छ । त्यतिबेला केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकार नै बनाउन सफल एमाले ५ वर्षअघिको १२१ सिटबाट ७८ सिटमा खुम्चिएपछि कसरी अगाडि बढ्छ चासो बनेको छ ।

एमाले अहिले नै सरकार गठनमा सक्रियता देखाउने कि प्रमुख प्रतिपक्षी नै रहने टुंगो लगाएको छैन । तर, उसले विभिन्न दलहरुसँग छलफल बढाइसकेको छ । माओवादी केन्द्र मात्र नभई एमालेबाट फुटेर बनेको नेकपा एसका नेताहरुसँग पनि कुराकानीहरु बढेका छन् । यसले कम्युनिस्टहरुबीच गठबन्धनको प्रयास देखिन्छ । माओवादी र नेकपा एसले गठबन्धनमै जोड दिएकाले कम्युनिस्टहरुबीचको सहकार्य सहज छैन । सरकार गठनमा विभिन्न विकल्पहरु भएकाले एमालेमा पनि सत्तामा जाने हुटहुटी नभएको होइन । तर, आकार घट्दा उसका लागि सरकारको नेतृत्व कठिन छ । एमाले पर्ख र हेरको रणनीतिमा देखिन्छ । गठबन्धनबीच विवाद उत्पन्न भएमा एमालेले नयाँ विकल्पको ढोका खोल्ने गरी पूर्वतयारी गरेको छ । यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रहरु रणनीतिक ढंगले सक्रिय भइसकेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी सबै विकल्प खुल्ला गरेर आफूहरु बढ्ने बताउनुहुन्छ ।

काँग्रेससँग समेत सहकार्य गरेर जाने पक्षमा एमालेका केही प्रभावशाली नेताहरु नै छन् । उनीहरु साना दलसँग सहकार्यका लागि सक्रियता बढाइरहेका छन् ।

एमालेका लागि अबको राजनीतिक कठिन देखिन्छ । चुनावी नतिजाले संसदमा आकार घट्नु, फुटको नकारात्मक असर परिरहनु र सत्ता बाहिर रहनुपर्ने अवस्था लामो समयसम्म रहनुले शक्ति घटाउने अवस्था बन्दै जान सक्छ । यसकारण उसका लागि संगठन जोगाउने र शक्ति सञ्चय गर्ने चुनौती उत्तिकै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);