भ्रष्टाचारको भयावह अवस्था ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

भ्रष्टाचारको भयावह अवस्था ( भिडियो रिपोर्ट )

काठमाडौं, २४ मंसिर \ माउन्टेन टेलिभिजन् एचडी। भ्र्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको टिप्पणी गर्नु भएको हो। भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनु भएको हो। उहाँले भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भुमिका र सक्रियता आवश्यक रहेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रभावकारी अभियानको खाँचो रहेको भन्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधन गर्न सरकार तयार रहेको पनि बताउनु भयो।

प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईल संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचार मुक्त र सदाचार युक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पार्नु भयो।

Leave a Reply