थप लगानीका लागि ५ वर्ष भित्र ४ खरबको आवश्यकता छ , विद्युत प्राधिकरण (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थप लगानीका लागि ५ वर्ष भित्र ४ खरबको आवश्यकता छ , विद्युत प्राधिकरण (भिडियो रिपोर्ट)

विद्या तामाङ \ माउन्टेन टेलिभिजन् एचडी। पाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा साढे आठ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । राज्य स्वामित्वको कम्पनीमध्ये विद्युत प्रांधिकरणको नाफा सबैभन्दा धेरै हो । पहिलो त्रैमासिकमा प्राधिकरणले नाफा कमाएसगैँ आम उपभोक्ताले पुन सहुलियतमा विद्युत पाउँलान त ?

विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८÷२०७९ को पहिलो तीन महिनामा ८ अर्ब ५० करोडरुपैयाँ करअघि नाफा कमाएको छ । लाभांश, व्याज लगायतका अतिरिक्त आम्दानीबाट ८ अर्ब ५० करोडरुपैयाँ कर अघि नाफा कमाएको हो । तीन पटक गरी २५ प्रतिशत विद्युत महशुल घटाइएकाले हाल नाफाको रुपमा प्राप्त भएको आम्दानी जनतालाई गुणस्तरीय विद्युत आपूर्ति दिन लगानी गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनुहुन्छ।

अहिले आम जनतासहित उद्योगले पनि प्राधिकरणलाई लगानी गर्न दिए त्यसबाट प्राप्त हुने नाफाले देशलाई फाइदा पुग्ने उहाँको तर्क छ। नेपाल विद्युत प्राधिकरणहाल नेपालमा २२ लाख घरधुरीले ३० रुपैँयामा विद्युत सेवा पाइरहेको छ । यस्तै प्राधिकरणले चार्जिङ स्टेशसगँ आधा शुल्क लिदाँखानेपानी संस्थासगँ ६ देखि ५ रुपैँया युनिट लिने गरेको छ। वर्षायाममा सय प्रतिशत नै विद्युत उत्पादन हुने गरेपनि सुख्खायाममा ३० प्रतिशतमात्र उत्पादन हुने गरेको छ ।वार्षिक डेढ अरब विद्युत भारतर्फ निर्यात हुने गरेपनि सुख्खायाममा भने ७० देखि ९० करोड आयात गर्नुपर्ने अवस्था रहेको निर्देशक घिसिङको भनाई छ। कार्यकारी निर्देशक गुणस्तरीय भोल्टेज , ट्रान्सफमेसन , सबस्टेसनका निमार्णका लागि अझै लगानीको खाँचो रहेको पनि प्राधिकरणले औल्याँएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);