पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गर्योः विजयकुमार गच्छदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गर्योः विजयकुमार गच्छदार

bijaya kumar gacha dar

काठमाडौं– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको बताएका छन् ।

उनले कांग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए ।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने ।

आफू काठमाडौं फर्केपछि कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने उनले बताए । उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);