समानुपातिकले ल्यायो दलभित्र संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

समानुपातिकले ल्यायो दलभित्र संकट

काठमाडौं, २३ मंसिर । समानुपातिक निर्वाचन प्रणाली राख्दा देशमा कुनैपनि दलले बहुमत ल्याउन नसक्ने परिस्थिति बनेकै थियो । कुल २७५ सिटमा १६५ प्रत्यक्ष र ११० समानुपातिक राख्दा बहुमतको सम्भावना लगभग समाप्त भएको हो ।

समानुपातिककै कारण दुई दलको पनि सरकार नबने परिस्थिति विकास भएको छ । यसले कुनैपनि प्रधानमन्त्री पूरा ५ वर्ष टिक्ने सम्भावना पनि समाप्त भएको छ । चुनावी परिणामले यस्तै देखाएको छ ।

समानुपातिकमा दलहरुले क्लस्टरमा नाम त राखे तर को जाने को नजाने विषयले विवाद चर्किएको छ । दलहरुभित्र समानुपातिकमा पर्न लबिङ र दबाब दिने घटना विकास भएको छ ।

एमालेले ३४ सिट पाएकोमा महिला १९ जना पठाउनुपर्ने भएको छ । उसले १५ जना पुरुष पठाउन पानेछ ।

काँग्रेसले ३२ सिट पाएकोमा २९ जना महिला पठाउनुपर्ने वाध्यतामा छ । उसले ३ जना मात्र पुरुष पठाउन पाउनेछ । काँग्रेसभित्र विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत समानुपातिकमा बसेका छन् । उनीहरुबाहेकको समानुपातिकबाट सांसद बन्ने सम्भावना कम छ ।

माओवादीबाट १४ सांसद समानुपातिकमा रहने भएकामा १२ जना महिला पठाउनुपर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट समानुपातिकमा जितेकोमा ५ जना महिला पठाए पुग्छ । उक्त दलमा समानुपातिक सांसद बन्ने दौडधूप चर्किएको छ । यस क्रममा विवाद पनि चलेको छ ।

राप्रपाले ७ सिट पाएकोमा ५ महिला पठाउनुपर्नेछ । २ सिट पुरुषमा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको दाबी छ । तर, विभिन्न जातजाति मिलाउँदा उनीहरुलाई पनि समस्या परेको छ । जसपाले ५ सिट जितेकोमा ४ महिला पठाउनुपर्नेछ । जनमतले ५ सिट जितेकोमा २ महिला पठाउनुपर्नेछ ।

समानुपातिकमा पर्न क्लस्टरमा महिलामा विभिन्न जाति, समुदाय र पिछडिएका क्षेत्रबाट ल्याएर आफू पर्न प्रभावशाली नेताहरुले सक्रियता देखाएका छन् । भोलि २४ मंसिरसम्म समानुपातिकको नाम बुझाउनुपर्ने भएकाले देलहरु दबाबमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);