काठमाडौं । काठमाडौंको मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमा खाल्डो खनिएकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सडकको एक लेन खाल्डोले ढाकेका कारण सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै लाजिम्पाटस्थित सांग्रिला होटेलबाट रानीबारीतर्फ जाने मोडमा पनि खानेपानीको पाइप लाइनका लागि खाल्डो खनिएको छ । उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न चालक ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । हाल विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सामान्य तवरले चलिरहेका पनि ट्राफिक प्रहरीले जनाएको छ ।
मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित
ताजा समाचार
आजको बैठकले ठोस निर्णय गर्छ : रवि लामिछाने
४ मिनेट अघि
आज रास्वपाको संसदीय दलको बैठक
५८ मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
१ घन्टा अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
१ घन्टा अघि