बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी समीक्षा प्रथम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी समीक्षा प्रथम

भक्तपुर। हिसान भक्तपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा मोर्डन स्कुल भक्तपुरकी समीक्षा खनाल प्रथम भएकी छन् । शिक्षामा प्रविधिको प्रयोग आजको आवश्यकता विषयमा भएको प्रतियोगितामा काठमाडौं वल्ड स्कुल भक्तपुरकी अञ्जु त्रिपाठी दोश्रो र मोर्डन स्कुलकै सृजन बस्नेत तेश्रो भएका छन् ।

विनायक शिक्षा निकेतन थिमि भक्तपुरको संयोजन र सहकार्यमा विनायक शिक्षा निकेतन स्कुलमै भएको कार्यक्रमको उदघाटन नवनिर्वाचित प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले गरेका थिए । प्रतियोगितामा कक्षा १२ सम्म सञ्चातित नौ वटा विद्यालयका १२ जना विद्यार्थी सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);