अमेरिकाबाट फर्किएका रवि लामिछाने र सीके राउतले चुनावमा कसरी मारे बाजी (भिडियो रिपोर्टसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अमेरिकाबाट फर्किएका रवि लामिछाने र सीके राउतले चुनावमा कसरी मारे बाजी (भिडियो रिपोर्टसहित)

बटुकराज गिरी, माउण्टेन टीभी। राजनीति सम्भावनाको खेल हो । नेपाली राजनीतिमा नयाँ सम्भावना सहित उदाए रवि लामिछाने र सीके राउत । दुवैको पृष्ठभूमि फरक भएपनि लामो समय अमेरिका बसेर फर्किएका हुन् । रवि अमेरिकी नागरिक बनेर बसेका थिए भने सीके राउत अमेरिकामा अध्ययन गरेका थिए ।

अमेरिकाको बसाईंबाट फर्किएका रविले सञ्चार क्षेत्रमा छाएर लोकप्रीयता कमाए भने सीके राउतले पृथकतावादी गतिविधि गरेर चर्चा कमाए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अर्थात चन्द्रकान्त राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुन । अमेरिकास्थित नासाको वैज्ञानिक रहिसकेका उनी एक दशकअघि राजनीतिमा प्रवेश गरेका थिए । बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गरेका ४३ वर्षीय राउत पृथकतावादी गतिविधिमा समेत सक्रिय भए । सन् २०११ मा आएर ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुटेका थिए । स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाएपछि राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत परे । २०७५ साल फागुन २४ गते सबैलाई चकित पार्दै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आए।

राउतले त्यस लगत्तै स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गरे। मधेशमा किसानको समस्याको मुद्दा उठाएर शक्ति सञ्चय गरे। मधेश आन्दोलनका नायक मानिएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तर सहित पछि पार्दै चुनाव जिते । सिके राउतको नेपाली राजनीतिमा उदय र अबको राजनीतिक सम्भावनाबारे राजनीतिक विश्लेषक डा. विनय मिश्रको तर्क अलि फरक छ।

राजनीतिमा उदाएका अर्का चर्चित व्यक्ति रवि लामिछानेको संसदमा भूमिबारे उत्तिकै चासो छ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको वर्ष दिन पनि नपुग्दै प्रत्यक्षमा ७ सिट र समानुपातिकमा लोकप्रीय मतका साथ चौंथो ठूलो दल बन्ने निश्चित भइसकेको छ। लामिछाने टेलिभिजन प्रस्तोताका रुपमा बेथिती र विसंगतिविरुद्ध प्रस्तुत भइरहे । राजनीतिक बेतिथि र भ्रष्टचारलाई किनारा लाउने भन्दै राजनीतिमा होमिए । उनी नेतृत्वको घन्टी चिन्हको दलको पक्षमा लहर नै आयो । दशकौं लामो इतिहास बोकेका र सशस्त्र गतिविधि गरेर मूलधारको राजनीतिमा स्थापित भएका दलहरुलाई नै धक्का दिने गरी नेपाली राजनीतिमा उदाएका रवि लामिछानेको संसदमा कस्तो भुमिका रहला चासोको विषय बनेको छ।

पुराना दलहरुप्रति जनताको वितृष्णाको फाइदा नयाँले लिएको कतिपयको बुझाई छ। जनताको अभिमत लिएर पटक पटक सत्तामा गएर पनि जनमुखि काममा खासै चासो नदिएका कारण ठुला र पुराना राजनीतिक दलहरुलाई भन्दा नयाँलाई यस पटकको चुनावमा रुचाइएको पाइयो । अब सरकार निर्माणमा र उनीहरुको ५ वर्षीय कार्यकाल कस्तो रहन्छ हेन बाँकी नै छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);