इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं। इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ। पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् ।

रोकिएको दुवै क्षेत्रको मतगणना अहिले  भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);