रातभर रोकिएको काठमाडौं क्षेत्र नम्बर ५ र ७ को मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, २३ मंसिर ।  काठमाडौं क्षेत्रनम्बर ५ र ७ को मतगणना शनिबार बिहान ८ बजेबाट सुरु भएको छ ।
बिहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच सहमति भएपछि गणना सुरु भएको दुबै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो ।

 

टोखा २ क्वाखल र सरस्वती ३ को बुथमा मुचुल्कामा भन्दा बढी मत देखिएपछि कांग्रेसका प्रतिनिधिहरुले गणनामा विरोध गरेपछि गणना रोकिएको थियो ।

काठमाडौं ५ मा कांग्रेसका प्रकाशशरण महत र एमालेका महासचिव ईश्वर पोखरेल उम्मेदवार छन् ।

यसैगरी काठमाडौं क्षेत्रनम्बर ७ को मतगणना पनि सुरु भएको सो क्षेत्रका निर्वाचन अधिकृत कपिलमणि गौतमले जानकारी दिए ।

गौतमका अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले ५ हजार २५ मत पाएका छन् ।

उनलाई राप्रपाका विक्रमबहादुर थापाले २ हजार ७९२ मतसहित पछ्याइरहेका छन् । यसैगरी साझा विवेकशीलका उम्मेदवार अनुपा श्रेष्ठले १ हजार ५६२ मत पाएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);