कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु

श्रवण देउवा,पुष्कर भट्ट २६ फागुन कञ्चनपुर ।
कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु भएको छ । भारतीय हस्तक्षेपको विरुद्धमा उत्रिएका स्थानीय माथि एसएसबीका जवानले गोली चलाउदा स्थानी गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागि गम्भिर घाइते भएका गौतमको उपचारको क्रममा धनगढीस्थित सिपी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आनन्दबजारबाट धनगढी २० किलोमिटरको

कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु

श्रवण देउवा,पुष्कर भट्ट २६ फागुन कञ्चनपुर ।
कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु भएको छ । भारतीय हस्तक्षेपको विरुद्धमा उत्रिएका स्थानीय माथि एसएसबीका जवानले गोली चलाउदा स्थानी गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागि गम्भिर घाइते भएका गौतमको उपचारको क्रममा धनगढीस्थित सिपी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेपछि स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली र भारतीयबीच झडप समेत भएको थियो ।आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नैन सिंह कार्कीले बताउनुभएको छ ।

विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे देखि स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका हुन् । लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका थिए । घटना पछि स्थितिलाई नियन्त्रणमा लिन नेपालको तर्फबाट नेपाल प्रहर र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);