मेची–महाकाली अभियान स्थगित नहुने एमालेको अडान | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

मेची–महाकाली अभियान स्थगित नहुने एमालेको अडान

२५ फाल्गुन, काठमाडौं । नेकपा एमालले मेची–महाकाली अभियान स्थगीत नगर्ने अडान लिएको छ ।

मेची–महाकाली अभियान स्थगित नहुने एमालेको अडान

२५ फाल्गुन, काठमाडौं । नेकपा एमालले मेची–महाकाली अभियान स्थगीत नगर्ने अडान लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीनदलको बैठकमा एमालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम फिर्ता नलिने बताएको हो । अभियानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले अवरोध सिर्जना गरेकोमा आपत्ती जनाउदै एमालेले शान्ति सुरक्षाको सुनिश्चित गर्न सरकारसँग माग समेत गरेको छ ।

साथै एमालले कुनैपनि हालतमा स्थानीय निर्वाचनका कार्यक्रमहरु स्थगीत नगर्न आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मधेशमा असहज स्थीति रहेको भन्दै एमालेलाई मेची महाकाली अभियान स्थगित गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिमलेन्द्र निधि, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरुको सहभागिता थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);