मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

death child

नयाँ दिल्ली। पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ । विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);