सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०७९, शुक्रबार

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङक छ । छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन प्रदेश स्वास्थ्य निर्देशनालयले सुझाव दिएको छ ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

यस अघि दादुरा संक्रमणबाट नेपालगञ्मा एक जनाको मृत्यु भईसकेको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

Leave a Reply