स्वास्थ्य क्षेत्रमा हुने विकृतीलाई अन्त्य गर्ने स्वास्थ्य मन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य क्षेत्रमा हुने विकृतीलाई अन्त्य गर्ने स्वास्थ्य मन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ क्षेत्रमा हुने विकृतीलाई अन्त्य गर्ने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार र कमिसनको खेल जस्ता विकृत कार्य हुन नदिने दाबी गर्नुभयो । हरेक काम पारदर्शी ढंगबाट मात्र हुने प्रतिवद्धता व्यक्त गर्नुभएका मन्त्री गिरीले जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन नदिने बताउनुभयो ।

स्वस्थ्य बिमा कार्यक्रम कार्यान्वय गरेरै छाड्ने भन्दै बिमाको दायरालाई अझ फराकिलो बनाएमात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउन सक्ने उहाँको भनाइ थियो ।

मन्त्री गिरीले स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय आफ्नो प्रमुख प्राथमिकतामा रहेको भन्दै ठोस योजनाका साथ अघि बढ्ने जनाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);