जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह मेरो प्रमुख लक्ष्य : मन्त्री गिरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह मेरो प्रमुख लक्ष्य : मन्त्री गिरी

काठमाडौं, १० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन् । मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प
रहेको बताए ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि स्पष्ट पारे । उनले स्वास्थ्य
सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए । उनले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय,अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको सुनाए ।

उनले भने, ‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौं । यो खुशीको कुरा हो । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रुपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ । मन्त्रालय आवश्यक सहयोग
गर्न तयार छ । हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरु कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ । स्वास्थ्य क्षेत्रलाई सबै हिसावले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाइ सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउने नै हाम्रो उद्देश्य हो ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);