रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

काठमाडौं। मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ। करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन्। आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराएका थिए ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);