इंगलिस प्रिमियर लिगः म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइटेड विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

एजेन्सी, २८ मंसिर। इंगलिस प्रिमियर लिग अन्तगर्त भएको खेलमामा म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइटेड विजयी भएका छन् । म्यान्चेष्टर सिटीले स्वान्सीविरुद्ध ४ शुन्यको शानदार जित हाशिल गर्यो, जसका लागि सिटीका सिल्भाले २ तथा केभिन डे ब्रायन र अग्युइरोले एक एक गोल गरेका थिए ।

यता म्यान्चेष्टर युनाइटेडले बर्न माउथलाई पराजित गर्दै १ शुन्यको जित हात पार्यो जसमा यूनाइटेृडका लुकाकुले गरेको एक गोल नै निर्णायक सावित भयो।

प्रतियोगिता अन्तर्गत बुधबार राती भएका खेलमा लेष्टर सिटीले साउथ ह्याम्पटनलाई ४ –१ ले हरायो । त्यस्तै एभर्टनले न्यु क्यासललाई १ शुन्यले, टोटनह्यामले ब्राइटलाई २ शुन्यले, हराए । आर्सनल भने वेष्टह्यामसँग गोल रहित बराबरीमा रोकियो ।

यसँंगै म्यान्चेष्टर सिटीले १७ खेलबाट ४९ अंक जोड्न सफल भएको छ भने म्यान्चेष्टर युनाइटेडले पनि १७ नै खेलबाट ३८ अंक जोडेको छ।