लमजुङ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४ हजार ६ सय ५२ मत खसेको छ। जिल्लामा ३९ हजार ९ सय २० महिला र ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् । लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन् ।
जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।