मनाङमा खस्यो ७३ प्रतिशत मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनाङमा खस्यो ७३ प्रतिशत मत

लमजुङ। हिमालपारिको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ। जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा  अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ। जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।  मनाङको २९ वटा मतदान केन्द्रमा  शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार  मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);