युद्ध रोक्न तयार उत्तर कोरिया | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

एजेन्सी, २७ मंसिर। संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले आफूसँगको कुराकानीमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको बीबीसीले जनाएको छ।

प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीबीच आठ वर्षयता भएको पहिलो गम्भीर राजनीतिक वार्तामा उनीहरुले यस्तो धारणा प्रकट गरेको उनको भनाई छ।

उनले उत्तर कोरियालाई वार्ता गर्न तयार भए त्यसको संकेत दिन पनि आग्रह गरेका छन्। साथै सैनिक हटलाइन जस्ता सञ्चारका संयन्त्रहरु स्थापनाको महत्वबारे पनि जोड दिएका छन्।

प्योङयाङका अधिकारीहरुले कुनै प्रतिबद्धता नजनाएको तर वार्तालाई निरन्तरता दिन सहमति जनाएको बताइएको छ।