काठमाडौं । सत्ता गठबन्धनबाट गण्डकी प्रदेश सभाका लागी उम्मेदवार दिएका नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली ‘सुविन’ले बालुवा तस्करमा संलग्न रहेको दुई महिना अगाडिको घटना अहिले बाहिर ल्याएको बताएका छन् । नेकपा माओवादी केन्द्रले एक विज्ञप्ती जारी गरेर उक्त कुराबारे स्पष्टिकरण दिएको हो । नेकपा माओवादी केन्द्रको इमेल मार्फत प्राप्त भएको उक्त विज्ञप्तिमा दुई महिना अगाडिको बिषय अहिले बाहिर आएको जनाकारी दिईएको छ । मालिका गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीदेवी घर्तीले मिति २०७९ कार्तिक २८ गते जारी गरेको उक्त बालुवा तस्करीको घटनामा मालिका ७ का जुग्जाली सहित सोही स्थानका हेम जुग्जाली र मालिका गाउँपालिका ६ बस्ने अनुप गौचन संलग्न रहेको उल्लेख गरीएको थियो । माओवादी केन्द्रले पठाएको विज्ञप्तीमा समाचार खण्डन गरीएको भए पनि विज्ञप्ति संगै पठाएको इमेलमा भने दुई महिना अगाडिको बिषय भन्दै बालुवा उत्खनन् गरेको बिषय सुकाइकार गरिएको देखिन्छ ।
माओवादी केन्द्रले पठाएको ईमेल
मालिका गाउँपालिका उपाध्यक्षको हस्ताक्षर सहितको विज्ञप्ती