सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

काठमाडौं।  सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको  भाउ स्थिर रहेकाे हाे ।  यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ ।

यता, चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार भने घटेर एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);