आर्सनल र टोटनहम पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आर्सनल र टोटनहम पराजित

काठमाडौं। प्रिमियर लिगमा महारथि क्लब आर्सनल र टोटनहम कारोबाओ कपमा पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएका छन् । आर्सनल घरेलु मैदानमा ब्राइटनसँग ३–१ स्तब्धपूर्ण नतिजा निकाल्यो ।  ब्राइटनका डेनी वेल्बेक, काओरु मिटोमा र टारिक लाम्पटेले गोल गरे । आर्सनललका एडि एनकेटिआले एक गोल गरेका थिए । पछिल्लो २० खेलमा आर्सनलले हारेको यो तेस्रो खेल हो । प्रशिक्षक माइकल अर्टेटाले चेल्सीसँग खेलेको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए । अर्काे खेलमा १० खेलाडीमा सिमित नटिङ्घम फोरेस्टले टोटनहमलाई २–० अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । फोरेस्टका रेनान लोडीले खेलको ५०औं मिनेटमा अग्रता लिए ।

जस लिङ्गार्डले ५७औं मिनेटमा काउन्टरमा गोल गर्दा २–० को अग्रता बनायो । खेलको ७५औं मिनेटमा फोरेस्टका मंगलाले रातोकार्ड पाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);