आरोप-प्रत्यारोप र खण्डन-मण्डनका सिलसिला चुनावसँगै सकियो : अध्यक्ष अ‍ोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आरोप-प्रत्यारोप र खण्डन-मण्डनका सिलसिला चुनावसँगै सकियो : अध्यक्ष अ‍ोली

kp oli

काठमाण्डौँ, २५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार गर्दै विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले यस्तो बताएका हुन् ।

बिजय र्यालीलाई सम्बोधन गर्दै उनले भने – ‘आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकियो । देश अब सहज ढंगले अघि बढ्छ । ‘ उनले अब राजनीति होइन विकासका कुरा अघि बढ्ने समेत जिकिर गरे ।

सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने प्रष्ट पार्दै आफूहरुले बहुमत ल्याउनेमात्र सोचेको नभई बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका बढेको स्पष्ट पारे ।

सबैभन्दा धेरै मत पाएर बिजयी गराएकोमा उनले मतदातालाई धन्यावद समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);