एजेन्सी, २५ मंसिर। ला लिगा अन्तर्गत गए राति भएको खेलमा लिग लिडर बार्सिलोनाले दश खेलाडीमा झरेको भियारियललाई २(० ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको छ। जितसँगै बार्सिलोनाले ५ अंक थपेको छ।
खेलको ६०औँ मिनेटमा ड्यानिएल रबाले सिधै रातो कार्ड पाएपछि भियारियल घरेलु मैदानमा दश खेलाडीमा सिमीत भएको थियो। खेलको अन्तिम १८औँ मिनेटमा बार्सिलोनाले २ गोल गरेका थिए।
बार्सिलोनाका लागि लुइस सुवारेजले ७२ तथा लियोनल मेस्सीले ८३औँ मिनेटमा गोल गरे।
जितपछि १५ खेलबाट ३९ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ५ अंकको अग्रता कायम गरेको छ। भ्यालेन्सियाको समान खेलबाट ३४ अंक छ।
यस्तै रियल बेटिसलाई १(० ले पराजित गर्दै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ। एथ्लेटिकोका लागि सउल निगेजले निर्णायक गोल गरे।
१५ खेलबाट एथ्लेटिकोको ३३ अंक भएको छ। समान खेलबाट ३१ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा छ।