कैलालीका २ सिटमा माओवादी, क्षेत्र नं. ४ बाट लेखराज भट्ट विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

कैलालीका २ सिटमा माओवादी, क्षेत्र नं. ४ बाट लेखराज भट्ट विजयी

कैलाली । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भट्टले ३१ हजार ३५९ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन्। कैलालीको क्षेत्रनम्बर ३ मा पनि माओवादी केन्द्र विजयी भएको छ। माओवादीका गौरीशंकर चौधरी २४ हजार ८७९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामजनम चौधरीले २० हजार ४९४ मत पाएका छन्।

ताजा समाचार