प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट  | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट 

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज (आइतबार)देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् ।क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिक कम नकआउट पद्धतिमा प्रतियोगिता हुनेछ ।

समूह ‘ए’मा एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश १ छन् ।

Leave a Reply