नवौँ राष्ट्रिय खेलकुदमा भक्तपुरका दुई विद्यार्थीलाई सफलता | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुदमा भक्तपुरका दुई विद्यार्थीलाई सफलता

भक्तपुर। गण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलका दुई जना पूर्व विद्यार्थीलाई सफलता मिलेको छ । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित स्कुलका दुई जना पूर्व विद्यार्थी साधना घिसिङ र कृषा देण्डेखुलाई सफलता मिलेको हो । उनीहरू दुवैलाई बास्केटबलमा सफलता मिलेको हो । साधनाले एपिएफ टिमबाट सहभागी भएर थ्रीअनथ्री बास्केटबलमा प्रथम स्थान हासिल गर्न सफल भइन् भने कृषाले बागमती प्रदेश टिमबाट खेलेर फाइफ अन फाइफमा सेकेण्ड हुन सफल भएकी हुन् ।  यी दुवै पूर्व विद्यार्थीको सफलतामा स्कुलले खुशी व्यक्त गरेको छ । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले दुवै विद्यार्थीलाई बधाइका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन् ।

स्कुलका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले यी दुवै विद्यार्थी पहिलादेखि नै बास्केटबलमा विशेष लगाव राख्ने विद्यार्थी भएको स्मरण गरे । तनहुँमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);