त्रिशूली जलविद्युतको आइपीओमा १३ करोड ६६ लाख संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिशूली जलविद्युतको आइपीओमा १३ करोड ६६ लाख संकलन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम शुक्रबार सम्म ६६ हजार ५८० जनाले चुक्ता गरेका छन् । शुक्रबार बिहानसम्म ६६ हजार ५८० जनाले १५ लाख ७० हजार ९६५ कित्ता सेयरका लागि १३ करोड ६६ लाख ७३ हजार ९५५ रुपैयाँ चुक्ता गरेका छन् । त्रिशूलीले ४ असोजदेखि आफ्ना सेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।

त्रिशूलीको आइपीओ ७ चैत ०७५ चैतमा खुलेको थियो । त्यसबेला कम्पनीले जारी पुँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो ।

कम्पनीले सेयरधनीहरूलाई १७ कात्तिकसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकाले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर १४ चैत ०७५  बाँडफाँट भएको थियो । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);