न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५% माछामा माइक्रोप्लास्टिक्स, ९०% समुद्री पंक्षी लोप हुने खतरा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५% माछामा माइक्रोप्लास्टिक्स, ९०% समुद्री पंक्षी लोप हुने खतरा 

एजेन्सी । न्युजिल्यान्डको हालैको एक सरकारी प्रतिवेदनले प्रत्येक चार माछामा तीन वटामा माइक्रोप्लास्टिकको ठूलो अंश रहेको र ठूलो संख्यामा देशी प्रजाति र स्वदेशी चराहरू लोप हुने जोखिममा रहेको खुलासा गरेको छ ।

वातावरण मन्त्रालयले खतरामा परेका प्रजातिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार करिब ९० प्रतिशत आदिवासी समुद्री पंक्षी, ८२ प्रतिशत समुद्री किनारका स्वदेशी पंक्षी र २२ प्रतिशत समुद्री स्तनधारी प्रजाति लोपोन्मुख वा लोप हुने खतरामा परेका छन् ।

गत वर्ष १४ सय समुद्री चराहरूलाई ठूला माछाहरूले मारिदिएका थिए भने सागर्र अझै अम्लिय बन्दै गएको थियो । सागरको अम्लियपन २२ वर्षमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो । पानीको ताक्रम बढेसँगै समुद्री तापलहर बढी घातक बनेको थियो । कन्भर्सेसन ग्रुप फरेस्ट एन्ड क्राइसिसले प्रतिवेदनलाई ‘संकट’ भनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);