काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका छन्।
बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै उनले विजयी भएका हुन् ।
केसीले २४१९० मत प्राप्त गरेर विजयी भएका छन् भने माओवादी केन्द्रका शाक्यले २१९०७ मत प्राप्त गरेका छन् ।
२०७० सालको भएको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले यसपटक पनि माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका छन् ।