ताप्लेजुङ, २३ मंसिर। ताप्लेजुङमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका वाम गठबन्दनका प्रदेश सभा (क) का उम्मेदवार बलबहादुर साम्सोहाङ विजयी भएका छन्। उनले आफ्नो प्रतिद्धन्द्धि नेपाली कांग्रेसकी लिलादेवी बोखिमलाई ४ हजार ४ सय ४३ मतले हराएका छनु्।
साम्सोहाङले १५ हजार ४ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काग्रेकी लिलादेबी बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गरेका हुन्।
प्रदेशसभा (ख) बाट वामगठबन्दनका टंक आङबुहाङ १२ हजार १ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धि दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८७ मत प्राप्त गरे।
आङबुहाङले ४ हजार ६११ को मतान्तरले बिजय हासिल गरे। ताप्लेजुङमा ५१ हजार ७ सय ४३ मत खसेको थियो । प्रतिनिधि सभामा एमालेकै योगेश भट्टराई विजयी भएका छन्। सबै क्षेत्रमा जित्दै वाम गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ ।