निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम 

काठमाडौं। आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका  रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघर्षका कार्यक्रमहरुः

असोज २३ गते – चितवन
असोज २५ गते – जनकपुर
असोज ३१ गते – विराटनगर
कात्तिक २ गते – पोखरा
कात्तिक ४ गते – बुटवल
कात्तिक १७ गते – सुर्खेत
२०७९ कात्तिक १९ गते – धनगढी
२०७९ कात्तिक २३ गते – काठमाडौं

Leave a Reply

ताजा समाचार