पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

भैरहवा। पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नाै जना विद्यार्थीलाई प्रदान गरिएको छ । समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने याे छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गिरँदै आइएकाे छ । कोभिड महामारीका कारण दुई वर्ष निरन्तरता पाउन नसके पनि यस पटककाेसहित तीन वर्षको छात्रवृत्ति दिएकाे अक्षयकोषका अध्यक्ष धु्रव नारयाण श्रेष्ठले बताए । ०७६ सालको एसइइमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै ०७७ सालको एसइइमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल  र ०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले ५–५ हजार नगद, उपहार र प्रशंसापत्रबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);