काठमाडौं । बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट ५० केजी अवैध लागूऔषध गाँजा मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बरामद गरेको हो । अपरिचित मोटरसाइकल चालकले बोरा फालेर फरार भएपछि उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
बारामा ५० केजी गाँजा बरामद
ताजा समाचार
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण
१६ घन्टा अघि




