रियल मड्रिडको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रियल मड्रिडको लगातार दोस्रो जित

काठमाडौं। आरबी लाइपजिगलाई २(० ले पराजित गर्दै स्पेनिस क्लब रियल  युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।  खेलको ८०औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे ।

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले ।

जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा  रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);