चितवनमा मतगणनाको अन्तिम तयारी, १० बजेदेखि मतगणना सुरु गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

चितवन, २२ मंसिर । चितवनमा मतगणनाको अन्तिम तयारी भएको छ ।

बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको हुन् । तर, उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेकाले गणना सुरु हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार ‘मतगणनाको सबै तयारी सकिएको र केहीबेरमै मतगणना सुरु हुनेछ ।

उनका अनुसार चितवनका तीनवटै निर्वाचन क्षेत्रको मतगणना चितवन उच्च मावि भरतपुरमा हुँदैछ ।

चितवन क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डको उम्मेदवार रहेकाले धेरैको चासोको विषय बनेको छ ।