कैलालीमा सर्वदलीय वैठक सकियो, मतगणनाको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धनगढी, २२ मंसिर । कैलालीको ५ वटा निर्वाचन क्षेत्र रहेकोमा ३ वटा निर्वाचन क्षेत्रका सबै मतपेटिका हिजो नै पुगिसकेको भएपनि मतगणनाको कार्य सुरु हुन सकेको छैन् ।

वाम गठबन्धन र विवेकशील साझा पार्टीले मतगणना स्थलमा सुरक्षाको कडा व्यवस्था हुनुपर्ने माग गरेपछि मतगणना सुरु हुन नसकेको हो । नेपाली कांग्रेसबाहेकका दलहरुले मतगणना स्थलमा तारजाली हुनुपर्ने माग गरेपछि गणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी उमेद्वार रहेको क्षेत्र नम्बर ५ धनगढीको मतगणनाको सुरक्षाका लागि तारजालीको व्यवस्था हुनुपर्ने माग दलहरुले गरेका हुन् । क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले तारजालीको व्यवस्थापन गर्नुपर्ने भएपछि मतगणनाको काममा समय लाग्ने जानकारी दिए ।

मतगणनाको काम सुरु गर्ने विषयमा बसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय वैठक सकिएको र तीन वटै निर्वाचन क्षेत्रमा आजदेखि मतगणनाको तयारी थालिएको छ ।

साथै तारजालीको व्यवस्थापन पनि गरिने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);