पहिलो चरणमा निर्वाचन भएका तीन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मनाङ, २२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका तीन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, मनाङ र मुस्ताङमा एमाले तथा रुकुम पूर्वमा माओवादी उम्मेदवार विजयी ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले २३०० मत प्रप्त गरेका छन् । पाल्देनले पूर्वमन्त्री टेकबहादुर गुरुङलाई २७९ मतले हराएका हुन्। गुरुङले २०२१ मत रहेको छ ।

त्यस्तै मुस्ताङबाट एमाले प्रेम तुलाचन विजयी भएका छन् तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका छन् ।

प्रदेशसभा सदस्य ‘क’ निर्वाचन क्षेत्रको माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मत अन्तरमा पराजित गरे । ओलीको पक्षमा ५ हजार ४ सय २७ मत आएको छ भने कांग्रेसका पुनले २ हजार १ सय ४४ मत ल्याएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);