दिपेन्द्रसिंह ऐरी घाइते, अनिलकुमार साह टोलीमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काठमाडौँ, २१ मंसिर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्त भोली हुने युएईसँगको दोस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी शारिरीक अस्वस्थताका कारण खेल्न नसक्ने भएका छन्।

मंगलबार अभ्यासका क्रममा घाइते भएका ऐरी भोलिको खेलमा खेल्न नसक्ने भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनको ठाउँमा वैकल्पिक खेलाडीको रूपमा युएई गएका अनिलकुमार साहलाई टिममा राखिएको छ।

नेपाल पहिलो खेलमा बुधबार युएईसँग ७ विकेटले पराजित भएको थियो।